
काठमाडौं । जोन्टा क्लब काठमाडौंले अन्तर्राष्ट्रिय महिला दिवस र ‘पहेँलो गुलाब दिवस’ का अवसरमा विभिन्न क्षेत्रमा सक्रिय १० जना महिलाहरूलाई सम्मानित गरेको छ ।
सम्मानित हुनेमा महिला अभियन्ता बन्दना राणा (राजकुमारी हेलेन शाह प्रेरणादायक महिला वर्ष पुरस्कार-२०२४) र काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल (अमर राणा गेम चेन्जर पुरस्कार-२०२४) रहेका छन् ।
यसैगरी सम्मानित हुनेमा सरिस्मा बस्नेत र प्रेरणा सापकोटा (ज्योति छात्रवृत्ति पुरस्कार-२०२४) एवम् खुसी श्रेष्ठ र दीप्ति गौतम (इन्द्रकला छात्रवृत्ति पुरस्कार-२०२४) छन् ।
यसैगरी मैया श्रेष्ठ (फोटोग्राफर), सुनिता कोइराला (बाइक मेक्यानिक), यशोधरा थापा (पाइलट प्रशिक्षक) र रजनी श्रेष्ठ (बडी विल्डर) पनि सम्मानित भएका छन् ।
विभिन्न क्षेत्रमा सक्रिय १० जना महिलालाई सम्मानित गर्न पाउँदा अत्यन्तै खुसी लागेको जोन्टा क्लब अध्यक्ष आबा शाहले बताइन् ।
आर्थिक रूपमा महिलाहरूलाई स्वावलम्बी बनाउन, तिनका कौशल र क्षमता बढाउन विभिन्न कार्यशाला तथा सेमिनारहरू आयोजन गर्दै लैंगिक समानता र समतालाई प्रोत्साहन गर्दै आएको क्लबले जनाएको छ ।
प्रतिक्रिया 4