+

तेन्जिङ र सिर्जनाले जिते बाबुछिरी क्लाइम्बिङ प्रतियोगिता

२०८० चैत  २ गते ६:२५ २०८० चैत २ गते ६:२५
तेन्जिङ र सिर्जनाले जिते बाबुछिरी क्लाइम्बिङ प्रतियोगिता

२ चैत, काठमाडौं । स्वर्गीय बाबुछिरी शेर्पा ओपन स्पोर्ट क्लाइम्बिङ प्रतियोगिताको पुरुष तर्फको उपाधि तेन्जिङ राईले जितेका छन् । महिला तर्फ सिर्जना तामाङ पहिलो भइन् । उनीहरु दुवै जनाले नगद ५० हजार पुरस्कार जितेका छन् ।

काठमाडौंको बौद्धस्थित क्रिम्पान्जी एड्भेन्चर हबमा विहीबार प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा पुरुष २६ र महिला १५ जना गरी ४१ जना प्रतिस्पर्धी सहभागी थिए ।

पुरुषतर्फ रोनक उप्रेती दोस्रो र साजन लामा तेस्रो भए । यसैगरी महिलातर्फ स्वस्तिका चौधरी र प्रेरणा राई क्रमशः दोस्रो र तेस्रो भए । दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाए ।

सगरमाथा आरोही संघ र अल्पाइन स्पोर्ट्स एसोसिएसनले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिताको निर्णायकमा छिरिङ जाङबु शेर्पा, ज्याम्चाङ भोटे र पिम्बा तेन्जिङ शेर्पा थिए ।

प्रतियोगिताको उदघाटन सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले गरेका थिए । नगरप्रमुख शेर्पाले यस प्रतियोगिताले साहसिक पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले विश्व कीर्तिमानी आरोही बाबु छिरी शेर्पाको योगदानको सम्झनामा प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन् । उनले यस्ता प्रतियोगिता हरेक वर्ष आयोजना गर्ने बताइन् ।

यसैगरी पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाका अनुसार यो प्रतियोगिताको माध्यमबाट साहसिक खेल क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र नेपालमा आरोहण खेल विकासको अनुभव बढ्ने विश्वास छ ।

यस प्रतियोगीतालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्राविधिक सहयोग (रुट सेटिङ, जजिङ, सुरक्षा र बेले सर्भिस) प्रदान गरेको थियो ।

१० औं पटक सगरमाथा शिखर चुमेका स्वर्गीय बाबुछिरी शेर्पालाई महान् पर्वतारोहीको रुपमा स्मरण गरिन्छ ।

बाबुछिरी शेर्पा बाबुछिरी शेर्पा ओपन स्पोर्ट क्लाइम्बिङ प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय