+
+

सुन प्रकरणमा दावाका साझेदार मञ्जीललाई पनि मुद्दा चलाउन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १४:२३

२ चैत, काठमाडौं । सुन तस्करीबारे अनुसन्धान गर्न सरकारले गठन गरेको उच्चस्तरीय आयोगले मञ्जिल श्रेष्ठलाई समेत मुद्दा चलाउन सिफारिस गरेको छ ।

उनी ६० किलो सुन तस्करीमा जोडिएका बेल्जियमका नागरिक दावा छिरिङका व्यवसायिक साझेदार हुन् । सुन तस्करहरूले अड्डा बनाएको ठमेलस्थित होटल भियना दावाकी श्रीमती अमला रोका र काठमाडौंका मञ्जिल श्रेष्ठको नाममा दर्ता छ ।

सीआईबीले अमलालाई प्रतिवादी बनाए पनि श्रेष्ठलाई बनाएको थिएन । अमला रोका माओवादी केन्द्रको रोल्पा–काठमाडौं सम्पर्क मञ्चकी पूर्वउपाध्यक्ष समेत हुन् ।

अमलाको माओवादी नेताहरूसँग निकट सम्बन्ध छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा बनेको जाँचबुझ आयोगले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा पूर्वसभामुख कृष्णबहादुर महरासहित ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?