+
+

जीवन चलाउने भन्छन्ः आत्मसमर्पण गर्न आउँदैछु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १८:०९

२ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएको आरोप लागेपछि फरार भएका जीवन चलाउनेले आत्मसमर्पण गर्ने बताएका छन् । अनलाइनखबरसँग भिडियो अन्तर्वार्ता दिंदै चलाउनेले यस्तो बताएका हुन् ।

चलाउनेले आफू अहिले दिल्लीमा रहेको र चाँडै अदालतसमक्ष आत्मसमर्पण गर्ने बताए । ‘अब म चाँडै आएर अदालतमा आत्मसमर्पण गर्छु । आफ्नो देशमा केही गर्नुपर्छ, आफ्नो देशमा उद्योगधन्दा खोलेर व्यापार, व्यवसाय गर्नुपर्छ भन्ने मान्छे हुँ’ चलाउनेले भने ‘म भाग्ने मान्छे पनि होइन । ज्यानलाई खतरा छ । लागूऔषधको मुद्दामा फसाउने भनेपछि ज्यानको माया कसलाई हुँदैन र ? त्यही भएर भागेको हो । अब म सरेन्डर गर्छु ।’

नेपालमा करोडौं लगानी गरेको, व्यापार रहेको मान्छे भाग्न नसक्ने उनले दाबी गरे । ‘मेरो दुई वटा बच्चा चाहिँ कसले पाल्छ हजुर ? मेरो ५, ६ सय, ८ सय, ९ सय करोडको सम्पत्ति छ । करोडौं लोन छ म कहाँ भाग्छु ? म भाग्ने मान्छे हो ? भाग्दिनँ नि म । आएर आफ्नै देशमा मर्छु, आफ्नै देशमा केही गर्छु भनेर ३७ वर्षको उमेरमा वसन्त चौधरीसँग आर्मीको ठेक्का खोसेर २ अर्ब रुपैयाँको ठेक्का गर्ने मान्छे हो म । अहिले दिल्लीमा छु । अब नेपाल आउँछु’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?