+
+

तीन वर्षभित्र सिद्धबाबा सुरुङमार्ग सक्न मन्त्री महासेठको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १९:३८

२ चैत, बुटवल । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले शुक्रबार सिद्धबाबा सुरुङमार्गको अनुगमन गरेका छन् ।

सुरुङमार्गको अनुगमनका क्रममा उनले हालसम्म भएको भौतिक प्रगतिको बारेमा जानकारी लिंदै २०८३ सालभित्रै सुरुङमार्ग निर्माण गरिसक्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् ।

मन्त्री महासेठले निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका प्रतिनिधि र आयोजना हेर्ने सडक डिभिजनका इन्जिनियरहरूलाई गुणस्तरमा सम्झौता नगर्न र तोकिएको मितिमा निर्माण पूरा गर्न निर्देशन दिंदै यसका लागि बजेटको अभाव हुन नदिने बताए ।

७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा बन्ने सुरुङमार्ग निर्माणले पछिल्लो समय गति लिएको भन्दै यसलाई निरन्तरता दिन मन्त्री महासेठले आग्रह गरे ।

उक्त अवसरमा आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले अहिलेसम्म १७ प्रतिशत भौतिक प्रगति भएको र कामले रफ्तार लिएको जानकारी गराइन् । उनका अनुसार ३५ जना चिनियाँ इन्जिनियर र १०० जना नेपाली प्राविधिकले नियमित काम गरिरहेका छन् ।

यस्तै मन्त्री महासेठले बुटवल–नारायणगढ सडकको सास्ती पनि छिट्टै हट्ने बताएका छन् । बुटवलमा रोटरी क्लबको १६औं जिल्ला सम्मेलन उद्घाटन गर्दै मन्त्री महासेठले सडक निर्माणको गति तीव्रताका साथ अगाडि बढेको भन्दै अब नरोकिने बताए ।

मन्त्री महासेठले बुटवलदेखि गोरुसिंगे–चन्द्रौटा सडक निर्माणको काम पनि अब छिट्टै अगाडि बढ्ने बताए । बुटवल–बेलहिया सडक र भैरहवा–लुम्बिनी सडकमा अलपत्र पुलको निर्माण सम्पन्न गर्न पनि उनले निर्देशन दिए।

बुटवलबाट पोखरासम्म दुई लेन डेडिकेटेड सडक निर्माणका लागि छिटो स्रोत व्यवस्थापन गरेर अगाडि बढाइने पनि मन्त्री महासेठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?