
२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० र २६ ले आफ्नो क्षेत्रमा कवाडी संकलन केन्द्र, भण्डार तथा प्रशोधन राख्न नपाउने भन्दै निकालेको सूचना विरुद्ध कवाडी व्यवसायीले हालेको रिट खारेज भएको छ ।
महानगरपालिका-१० नम्बर वडाले ३५ दिनभित्र र वडा नम्बर २६ ले १५ दिनभित्र वडाभित्र रहेका कवाडी व्यवसाय हट्नुपर्ने, संकलन तथा प्रशोधन गर्ने स्थान राख्न नपाउने सूचना जारी गरेको थियो ।
उक्त सूचना विरुद्ध ओम शिवाय कवाडी इन्टरनेसनल प्रालिका सञ्चालक जोगेन्द्र साह, जयशंकर बाबा ट्रेडर्सका प्रोप्राइटर रविशंकर प्रसादले उच्च अदालत पाटनमा हालेको रिट शुक्रबार खारेज भएको महानगरले जनाएको छ ।
काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्र कवाडी व्यवसायीलाई निषेध गर्ने भन्दै माइकिङ गर्दै सूचना जारी गरिरहेको छ । महानगरको उक्त कदम विरुद्ध कवाडी व्यवसायी आन्दोलित हुँदै आएका छन् ।
प्रतिक्रिया 4