+

खेलाडीको नाममा मानव तस्करी गरेको पाए कारबाही गर्छु : खेलकुदमन्त्री

२०८० चैत  ३ गते १८:२२ २०८० चैत ३ गते १८:२२
खेलाडीको नाममा मानव तस्करी गरेको पाए कारबाही गर्छु : खेलकुदमन्त्री

३ चैत, काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलाडीको नाममा प्रशिक्षकहरुले मानव तस्करी गरेको सूचना पाएको बताएका छन् । उनले यस्तो गतिविधि अब कारबाहीको दायरामा आउने उनले बताए।

शनिबार त्रिपुरेश्वरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप उद्घाटन गर्दै खेलकुद मन्त्री श्रेष्ठले खेलका लागि भनेर २०-२२ लाख लिएर अन्य मानिसहरुलाई विदेश पठाएको आफूले थाहा पाएको बताए ।

‘खेलाडीको नाममा मानव तस्कर गरिरहेका कोचहरु अब कारबाहीको दायरामा आउँछन् । केही जानकारी संकलन पनि गरेको छु । खेलाडी पठाउने भन्ने तर २०–२२ लाख लिएर मान्छे पठाउनेको प्रारम्भिक जानकारी लिएको छु । तिनीहरु कारबाहीमा आउँछन्’, खेलकुदमन्त्री श्रेष्ठले भने ।

खेलाडीहरुलाई ललितपुरको पुल्चोकस्थित मन्त्री निवास आवासको रुपमा प्रयोग गर्न दिने विषयमा छलफल भएको पनि उनले बताए ।

‘मन्त्रिपरिषद र उच्च राजनेताबाट ग्रिन सिग्नल दिएमा अहिलेको मन्त्री क्वार्टर आवासीय ट्रेनिङ सेन्टर हुने प्रबल सम्भावना छ’, उनले भने ।

विराजभक्त श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय