
३ चैत, भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा आगलागी हुँदा ६ घर नष्ट भएका छन् । नजिकको वनमा सल्किएकोे आगो शनिबार दिउँसो बस्तीमा पसेको थियो ।
आगलागीबाट विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बसोबास नभएको एउटा पुरानो घर पनि जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जङ्गलबाट सुरू भएको आगलागी हावाहुरीका कारण बस्तीमा फैलिएको जानकारी गराए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4