+
+

नित्या रञ्जना युनिकोड फन्ट सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते १९:१३

३ चैत, काठमाडौं । नित्या रञ्जना युनिकोड फन्ट सार्वजनिक भएको छ । शनिबार नेपाल कल परिषद्मा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक गरेकी हुन् ।

अहिलेको डिजिटल युगमा लिपीको संरक्षण र प्रवर्द्धन गर्न डिजिटल मार्केटमा प्रवेश गर्नुपर्ने आवश्यकता रहेको भन्दै क्यालिजात्रा फाउण्डेशन र भारतको प्रतिष्ठित फन्ट डिजाइन कम्पनी एक टाइपको सहकार्यमा रञ्जना युनिकोड फन्ट विकास गरिएको क्यालिजात्रा फाउन्डेसनका अध्यक्ष आनन्द कुमार महर्जनले बताए ।

उनले भने, ‘जिडिटज युगमा यो सबैभन्दा उन्नत र राम्रोसँग डिजाइन गरिएको रञ्जना फन्ट हो, जुन स्क्रिन, प्रिन्टिङ र वेबमा पनि प्रयोग गर्न सकिन्छ।’

महर्जनका अनुसार यो रञ्जना युनिकोड फन्ट विश्वभर निःशुल्क रूपमा प्रयोग गर्न सकिने छ भने देवनागरी युनिकोडका साथै नेवा युनिकोडमा पनि यो उपलब्ध हुनेछ ।

‘हिजोको दिनमा उपयुक्त डिजिटल लिपीको उपलब्धता थिएन । यसले लिपीको प्रयोग बढे पनि प्रयोग गरिएका ठाउँमा गलत स्क्रिप्ट लेखन भइरहेको थियो । यसकारण हामीले यसलाई सुधारेर आकर्षक फन्टमा विश्वभर प्रयोग गर्न मल्‍नेगरी लिएर आएका छौं। अब त्यस्तो समस्या कम हुन्छ।’ महर्जनले भने ।

रञ्जना लिपि विशेषज्ञका रूफमा समेत रहेका महर्जनले फन्टको विकासमा महत्त्वपूर्ण योगदान पर्‍याएका छन् । फन्ट विकासमा मुरली कुमार प्रह्लादले आर्थिक सहयोग गरेका छन् ।

यो फन्ट पुराना उपलब्ध नेवा फन्टहरूभन्दा कलात्मक र प्राविधिक रूपमा सुधारिएको ल्याइएको उनकाे भनाइ छ ।

रञ्जना लिपीबाट सरकारी संस्था, नेवा समुदाय, बौद्ध समुदाय, गैरनेवार, विद्यालय, कलेज, डिजाइन हाउस, यो सजिलो फन्टको प्रयोगबाट लाभान्वित हुने क्यालिजात्रा फाउन्डेसनले जनाएको छ ।

कार्यक्रममा रञ्जना लिपीबारे स्वर वर्ण, व्‍यञ्जन वर्ण र अंकहरू कसरी लेख्‍ने भनेर रञ्जना लिपीमा टाइप गरेर देखाइएको थियो । साथै आर्ट काउन्सिलमा रञ्जना फन्टमा लेखिएका अक्षरको प्रदर्शनीसमेत गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?