
काठमाडौं । होली पर्वको अवसर पारेर अष्ट्रेलियामा कन्सर्ट हुने भएको छ । मार्च २३ मा सिड्नीमा हुने ‘होली हंगामा-२०२४’ मा गायक दीपक लिम्बू, भोजपुरी गायक रितेश पाण्डे, मैथिली गायक जागेश ठाकुर, गायिका अन्नु चौधरी र जेनिशा गौतमले प्रस्तुति दिनेछन् ।
कार्यक्रम शनिबार साँझ साढे ५ बजेदेखि राति अबेरसम्म चल्ने आयोजक संस्था एसोसिएसन अप नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) का अध्यक्ष रन्जित साहले जानकारी दिए ।
एन्टाले सिड्नीमा नेपालको तराई-मधेश क्षेत्रमा विशेष मनाइने छठ, होली लगायत चाडपर्वहरुमा कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा तराई-मधेशको होली संस्कृतिअनुसारका परिकारसहित भोजपुरी र मैथिली खानाको स्वाद समेत लिन पाइने आयोजकले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4