+
+

थापाथलीबाट बच्चा चोरी आरोपमा पक्राउ परेकी महिलाविरुद्ध अपहरणको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १२:१८

४ चैत, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिलाविरुद्ध मुद्दा दर्ता भएको छ ।

बच्चा चोरीको आरोपमा पक्राउ परेकी दैलेखको महाबु गाउँपालिका–६ कि मानकुमारी सिंहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा मानकुमारीको बयान भइरहेको छ ।

काठमाडौंको कागेश्वर मनोहरा बस्दै आएकी २७ वर्षीया मानकुमारीविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका डीएसपी अंगुर जिसीले बताए ।

मानकुमारीले अपहरण तथा शरीर बन्धकको कसुर गरेको भन्दै मुलुकी फौजदारी अपराध संहिताको दफा २१३ बमोजिम सजाय माग दाबी गरिएको छ ।

११ फागुनमा १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु मानकुमारीले चोरी गरेर लगेको आरोप छ ।  प्रहरीले सोही राति १२ बजेतिर काँडाघारीबाट ती महिलालाई पक्राउ गरेको थियो भने शिशुको उद्दार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?