
फाइल तस्वीर ।
५ चैत, काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको निर्वाचन ७ चैतमा हुने भएको छ ।
यसअघि समितिको सभापति रहेका भानुभक्त जोशी २३ फागुनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएका थिए । त्यसपछि रिक्त रहेको समिति सभापतिका लागि ७ चैतमा निर्वाचन हुन लागेको हो ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभापति निर्वाचनको मिति तय भएको जानकारी गराइएको हो । सभापतिको निर्वाचन सम्बन्धी तालिका संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले सार्वजनिक गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4