+

सहवीर राष्ट्रिय खुला स्मृति लन टेनिसमा प्रदीप र अभिलाषा विजयी

२०८० चैत  ५ गते १९:०३ २०८० चैत ५ गते १९:०३
सहवीर राष्ट्रिय खुला स्मृति लन टेनिसमा प्रदीप र अभिलाषा विजयी

५ चैत, काठमाडौं । नेपाल एपीएफ क्लबको आयोजनामा भइरहेको १२औं सहवीर राष्ट्रिय खुला लन टेनिस प्रतियोगितामा सोमबार प्रदीप खड्का र अभिलाषा विष्ट विजयी भएका छन् ।

नेपाल एपीएफ क्लबको लन टेनिस कोर्ट हल्चोकमा भएको पुरुष एकलतर्फको खेलमा प्रदीप खड्काले निशल कायस्थालाई ६–१, ६–० ले, आर्यन गिरीले युगेन शेर्पालाई ७–५, ७–५ ले, निशान श्रेष्ठले विपुलबहादुर अधिकारीलाई ६–०, ६–० ले र आशिष खड्काले प्रशिद्ध मोक्तानलाई ६–२, ६–० ले पराजित गरे ।

त्यसैगरी महिला एकलतर्फको खेलमा अभिलाषा विष्टले इन्द्रकला श्रेष्ठलाई ६–०, ६–० ले, प्रकृति श्रेष्ठले भगवती बिकलाई ५–७, ६–३, ६–३ ले र शुभंगीलक्ष्मी शाहले आईसा डोल्केर गुरुङलाई ६–४, ७–५ ले पराजित गरिन् ।

यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स डबल्सतर्फको खेलमा रजोजमान श्रेष्ठ र अमृतरत्न कंसकारको जोडीले सुनिल गुरुङ र नोगेन लामाको जोडीलाई ६–२, ६–३ ले पराजित गरी विजयी भएका छन् । ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा राजु श्रेष्ठले शिव सेंढाईलाई ६–३, ६–२ ले र विमल वाइवाले नरेन्द्र सिंहलाई ६–१, ६–० ले पराजित गरी विजयी भएका छन् भने सुदर्शन विष्टले जीवन घिमिरेबाट वाक ओभर पाएका छन् ।

आजै त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको टेनिस कोर्टमा भएको ३५ वर्षमाथि भेन्ट्रान्स पुरुष एकलतर्फको खेलमा शिरमन्त गुरुङले राजेन्द्र श्रेष्ठलाई ६–१, ६–२ ले, भिष्मजंग गुरुङले समीर गुरुङलाई ६–१, ६–१ ले, अक्ष्य थापाले सम्दुपकुमार लामालाई ६–२, ६–३ ले र अनिल शाहीले भीम थापा मगरलाई ६–१, ७–५ ले पराजित गरी विजयी भएका छन् ।

त्यसैगरी ४५ वर्षमाथि भेन्ट्रान्स पुरुष एकलतर्फको खेलमा रोहित सुनारले मनोजकुमार श्रेष्ठलाई ६–१, ६–० ले, मनबहादुर कटुवालले जुजुमान किमलाई ६–०, ६–२ ले, सूर्य गिरीले सुकमान गुरुङलाई ६–३, ६–२ ले पराजित गरे भने महेश श्रेष्ठले प्रणयरत्न स्थापितबाट वाकओभर पाएका छन् ।

हलचोकस्थित नेपाल एपीएफ क्लबको लन टेनिस कोर्ट र त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको टेनिस कोर्टमा सो प्रतियोगिता ९ चैत्रसम्म सञ्चालन हुनेछ ।

नेपाल एपीएफ क्लब लन टेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय