
६ चैत, काठमाडौं । कारोबार भएको पहिलो दिन नै सर्वोत्तम सिमेन्टको सेयर मूल्य १० प्रतिशत बढेको छ । नेप्सेले दिएको ओपनिङ रेञ्जको अधिक मूल्य ५५६ रुपैयाँमा पहिलो कारोबार भएको सर्वोत्तमको मूल्य अन्ततः १० प्रतिशत बढेर ६११ रुपैयाँ ६० पैसा पुगेको छ ।
सो मूल्यमा खरिद गर्न चाहनेको संख्या अधिक छ भने बिक्री गर्नेहरु छैनन् । कारोबार खुलेको १० मिनेटमा कम्पनीको कुल ४६४ कित्ता सेयर किनबेच भएको छ । नेप्सेले कम्पनीलाई ‘एसएआरबीटीएम’ सिम्बोल प्रदान गरेको छ ।
एक दिनमा १० प्रतिशतसम्म मात्रै मूल्य घटबढ हुन सक्ने व्यवस्था छ । जसकारण मंगलबारका लागि कम्पनीको मूल्य ६११ रुपैयाँ ६० पैसा नै हुनेछ । कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा १२.९०३३ प्रतिशत अर्थात् ६० लाख कित्ता सर्वसाधारण समूहको र ८७. ०९६७ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता संस्थापक समूहको सेयर सूचीकृत भएको हो ।
सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीको आईपीओ जारी भएको थियो । शुक्रबार कम्पनीको आईपीओ बाँडफाँट भएको थियो । जसअनुसार कुल ५५ हजार ५२१ जना आवेदकले ५० वा ५१ कित्ता सेयर पाएका छन् ।
साढे ११ बजे कम्पनीको मार्केट डेप्थ:
प्रतिक्रिया 4