
६ चैत, धनगढी । कञ्चनपुरबाट १०.२ ग्राम खैरो हेरोइनसहित प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रोभेन्स इन्टिलिजेन्स टीम (पीआईटी) ले बेलौरी नगरपालिका– ६ नकैयाबाट १०.२ ग्राम खैरो हेरोइनसहित १८ वर्षीय सर्वेशकुमार चौहानलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार नेपालतर्फ पैदल आउँदै गर्दा भारतको उत्तराखण्ड प्रदेशको लखिमपुरग्राम खजुरीयाका चौहान पक्राउ परेका हुन् ।
चेकजाँच गर्दा पाइन्टको गोजीमा पोको पारेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको प्रहरीको भनाइ छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4