+

कोशी प्रदेशलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा

२०८० चैत  ८ गते १७:३७ २०८० चैत ८ गते १७:३७
कोशी प्रदेशलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा

८ चैत, काठमाडौं। कोशी प्रदेशलाई ३–०को सहज सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबको पुरुष टोली आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ ।

पुलिसले कोशीलाई २५–१३, २५– १६ र २५–१३ को सेटमा पराजित गरेको हो । आज पुरुष तर्फको चौथो क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम क्लब खेल्नेछन् ।

शुक्रबार महिला तर्फको तेस्रो स्थानका लागि एपिएफ क्लब र न्युडाइमण्ड क्लब भिड्नेछन् । त्यस्तै पुरुषतर्फको सेमिफाइनल खेल हुनेछ ।

दुवै तर्फका विजेता टोलीले ५ लाख, उपविजेताले २ र तेस्रो हुने टिमले १ लाख २५ हजार प्राप्त गर्नेछन् ।

कोशी प्रदेश पुलिस भलिबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय