
८ चैत, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले अपाङ्गता भएका व्यक्तिकोस्याहार सुसार गर्ने संरक्षकलाई मासिक एक हजार रुपैयाँ भत्ता दिने भएको छ ।
नगर कार्यपालिकाको बैठकले हालै एक कार्यविधि पारित गरेर आफ्नो स्याहार आफैं गर्न नसक्ने अपाङ्गता भएका व्यक्तिको संरक्षकलाई मासिक भत्ता दिने निर्णय गरेको हो ।
आफैं खानपिन गर्न नसक्ने, शौचालय जान नसक्ने र व्यक्तिगत सरसफाइ गर्न नसक्ने अपांगता भएका व्यक्तिका संरक्षकलाई भत्ता दिइने नगरप्रमुख जीवन खरेलले बताए । अपांगता भएका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्दै यस्तो निर्णण गरिएको उनको भनाइ छ ।
मुसिकोट नगरपालिकाभित्र (क) वर्गका ९५, (ख) वर्गका १८७, (ग) वर्गका ९३ र (घ) वर्गका ६९ जना अपांगता भएका व्यक्ति छन् । नगरपालिकाले हाल क वर्गका ९५ जनामध्ये अति अशक्तलाई मासिक एक हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।
प्रतिक्रिया 4