
९ चैत, काठमाडौं । नेकपा एमालेले पार्टीका विभागीय प्रमुखहरुको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा विभागीय प्रमुखहरुको बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
गौतमका अनुसार, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभागीय प्रमुखहरुसँग छलफल गर्नेछन् । विभागले गरिरहेको कामको रिपोर्टिङ, पार्टीलाई विभागका तर्फबाट दिइने सुझाव र नयाँ योजना निर्माणबारे बैठकमा छलफल हुने उनले बताए ।
‘पार्टीमा देखिएको समस्या र समाधानबारे पार्टी अध्यक्षले विभागीय प्रमुखहरुसँग गर्न बैठक बोलाइएको हो’, गौतमले भने । एमालेले ३३ वटा विभागीय अभ्यासको प्रयोग गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4