+

सी डिभिजन लिग २२ चैतदेखि, उद्घाटन खेलमा आरसी ३२ र खालीबारी भिड्ने

२०८० चैत  ९ गते १९:१५ २०८० चैत ९ गते १९:१५
सी डिभिजन लिग २२ चैतदेखि, उद्घाटन खेलमा आरसी ३२ र खालीबारी भिड्ने

९ चैत, काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग २२ चैतदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो ।

एन्फाले शुक्रबार लिगको ‘ड्र’समेत सार्वजनिक गरेको छ । सिंगल राउन्ड राेबिनका आधारमा हुने लिगमा आरसी ३२ फुटबल एकेडेमी र खालीबारी युथ फुटबल क्लबबीच उद्घाटन खेल हुनेछ । खेल एन्फा कम्प्लेक्समा हुनेछ । ‘सी’ डिभिजनमा कुल १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

एन्फाले गत वर्ष ‘ए’ डिभिजन लिग आयोजना गरे पनि ‘बी’ र ‘सी’ डिभिजन लिग आयोजना गर्न सकेको थिएन । पछिल्लो पटक ‘सी’ डिभिजन लिग २०७९ जेठमा भएको थियो । जसमा झापा एफसी च्याम्पियन बनेको थियो । झापासँगै प्लानिङ ब्वाइज ‘सी’ बाट ‘बी’ डिभिजनमा बढुवा भएका थिए ।

लिगमा आरसी ३२ एकेडेमी र खालीबारीसहित सानेपा क्लब, रानीवन स्पोर्ट्स क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मनोहरा युनाइटेड युथ क्लब, गोलबजार स्पोर्ट्स क्लब, झम्सिखेल युथ क्लब, स्पोर्ट्स एकेडेमी साँगा, स्वयम्भू क्लब, सोसियल वेलफेर स्पोर्ट्स सेन्टर क्लब, सामाजिक युथ क्लब, महाविर स्टडिज एण्ड एथ्लेटिक्स एसोसिएसन र बागमती युथ क्लबले खेल्नेछन् ।

झम्सिखेल र सामाजिक युथ क्लब ‘बी’ डिभिजनबाट घटुवा भएका हुन् भने बागमती युथ क्लब र गोलबजार क्लब ‘सी’ डिभिजन छनोटको शीर्ष दुईमा रहेर ‘सी’ डिभिजनमा छनोट भएका हुन् ।

यस सिजनमा ‘सी’ डिभिजन लिग खेल्ने १४ मध्ये ५ क्लब उपत्यका बाहिरका छन् । जसमा बागमती युथ क्लब (सर्लाही), गोलबजार युथ क्लब (सिराहा), आरसी ३२ फुटबल एकडेमी (सुर्खेत), रानीवन स्पोर्ट्स क्लब (बाजुरा) र स्पोर्ट्स एकेडेमी साँगा (काभ्रे) छन् । यस बाहेक काठमाडौंबाट ५ र ललितपुरबाट ४ क्लब छन् ।

एन्फा शहीद स्मारक ‘सी’ डिभिजन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय