+

एसिया कप महिला क्रिकेटमा नेपाल, भारत र पाकिस्तान एकै समूहमा

२०८० चैत  १३ गते १८:१३ २०८० चैत १३ गते १८:१३
एसिया कप महिला क्रिकेटमा नेपाल, भारत र पाकिस्तान एकै समूहमा

१३ चैत, काठमाडौं । आगामी ४ देखि १३ साउनसम्म श्रीलंकामा हुने एसिया कप महिला क्रिकेटमा नेपाल, भारत र पाकिस्तान एकै समूहमा परेका छन् ।

श्रीलंकाको दमबुल्लाहमा हुने प्रतियोगितामा ८ समूह सहभागी छन् । जसमा नेपाल, भारत, पाकिस्तान र युएई समूह ए मा छन् भने बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड समूह बीमा छन् । यसअघि सन् २०२२ मा भएको एसिया कप महिला क्रिकेटमा ७ देश सहभागी थिए ।

यसअघि गत ४ फागुनमा एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित हुँदा एसिया कप खेल्ने अवसर गुमाएको थियो । तर एसीसीले एसिया कप खेल्ने टोली ८ बनाउँदै नेपाललाई मौका दिएको हो ।

नेपालले पहिलो खेल  ४ साउनमा पाकिस्तानसँग खेल्नेछ ।

एसिया कप महिला क्रिकेट क्रिकेट नेपाल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय