
१५ चैत, काठमाडौं । भन्सार छलेर भारतबाट ल्याइएका सवारी साधनसहित तीन जना पक्राउ परेका छन्. ।
पक्राउ पर्नेहरुमा काठमाडौंको नागार्जुन नगरपालिका–७ रामकोट घर भएका २७ वर्षीय किशोर गिरी, धादिङको धुनिबेशी नगरपालिका–७ घर भएका २७ वर्षीय प्रवीण गिरी र काभ्रेको महाभारत गाउँपालिका–२ घर भएका ३० वर्षीय रमेश गिरी छन्. ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो । उनीहरुले भारतले भन्सार छलेर सवारी साधन ल्याई ड्राइभिङ इन्टिच्युटहरुलाई बेच्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले बताए ।
भन्सार छलेर ल्याइएका २ मोटरसाइकल र १ अल्टो गाडीसहित उनीहरुलाई कारबाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4