
काठमाडौं । कलाकार हरिवंश आचार्यको स्वरमा ‘हाम्म हाम्म’ गीत सार्वजनिक भएको छ । हरिवंशकै शब्द र राजनराज सिवाकोटीको संगीत रहेको गीतले देशमा व्याप्त भ्रष्टाचार प्रवृत्तिमाथि कटाक्ष गर्छ । गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन् ।
गम्भीर बिष्टको कथा तथा निर्देशन गरेको गीतको भिडियोमा हरिवंश आचार्य, हेमन्त बुढाथोकी, दीपाश्री निरौला, निर्मल शर्मा, प्रियंका कार्की, कमलमणि नेपाल, प्रभात रिमाल, सरोज ओली, सुरज सञ्जेल लगायतको अभिनय छ ।
भिडियोमा नवराज उप्रेतीको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन र रेनिश फागोको कलर संयोजन छ । गीतलाई ‘आरटी इन्टरटेनमेन्ट’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4