
१८ चैत, काठमाडौं । लगातार अघिल्ला ७ कारोबार दिनसम्म १० प्रतिशतका दरले नै मूल्य बढेको सर्वोत्तम सिमेन्ट बुधबार भने उहीं दरले घटेको छ । एक दिनमा अधिकतम १० प्रतिशत मूल्य घट्न सक्ने व्यवस्था रहेकाले आइतबार कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । १० प्रतिशत मूल्य घटेपछि ९७४ रुपैयाँ ५० पैसामा झरेको छ ।
चैत ५ गते सूचीकृत भएको यस कम्पनीको ६ गतेदेखि कारोबार सुरु भएको हो । पहिलो कारोबार नै प्रतिकित्ता ५५६ रुपैयाँमा भएको थियो । त्यसपछि हरेक दिन १० प्रतिशतका दरले मूल्य बढिरहेकोमा आइतबार भने एकाएक बिक्री चाप बढ्न गयो । बिहीबार कम्पनीको मूल्य प्रतिकित्ता १ हजार ८२ रुपैयाँ ७० पैसासम्म पुग्यो । यहीं मूल्य नै हालका लागि कम्पनीको अधिकतम मूल्य हो ।
१२ बजेसम्म यस कम्पनीको सबैभन्दा धेरै कुल २७ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भयो । १२ बजेसम्म १० प्रतिशत मूल्य घटेर करिब ३६ हजार कित्ता सेयर बिक्रीका लागि आदेश पोस्ट भएको छ । तर १० प्रतिशत मूल्य घट्दा पनि ९७४.५० रुपैयाँमा मा खरिद गर्नेहरु देखिँदैनन् ।
सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीको आईपीओ जारी भएको थियो । पहिलो पटक बुक बिल्डिङ विधिबाट यस कम्पनीको आईपीओ निष्कासन भएको थियो ।
प्रतिक्रिया 4