
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङका विभिन्न स्थानमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
धादिङको रोराङ्ग गाँउपालिका-५ स्थित श्री सुन्दरदिप महिला विकास बहुदेश्य सहकारी संस्थामा आवद्ध महिला र थाक्रे गाँउपालिका-१० स्थित ठूलोपोखरीका स्थानीयवासीलाई वित्तीय साक्षरता कार्यक्रम प्रदान गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, डिजिटल बैंकिङ प्रविधि र बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको बैंकको भनाइ छ
डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकमझिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4