+
+

३ करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट राख्दैन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १६:००

१८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ करोड रुपैयाँभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने बताएका छन् ।

माओवादी केन्द्र मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘तल्लो तहका सरकारलाई बलियो बनाउन साना आयोजनामा केन्द्रले बजेट राख्दैन । आगामी आर्थिक वर्षदेखि यो लागू हुन्छ ।’

नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ‘प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिइसकेको छु ।’

प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणको सरकार बनेपछि अर्थतन्त्रले सकारात्मक लय लिएको दाबीसमेत गरेका छन् । उनले भने, ‘उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन् । अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ ।’

माओवादी केन्द्रले सरकारको नेतृत्व गरेसँगै सुशासनका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धी भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकारले चालेका कदमबाट जनतामा सकारात्मक सन्देश प्रवाह भएको पनि बताए ।

उनले आगामी आर्थिक वर्षमा मधेश प्रदेशका लागि नयाँ र विशेष प्याकेज तयार गर्न आफूले निर्देशन दिएको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘मधेश प्रदेशको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयलाई केन्द्रित गरेर प्याकेज तयार गर्न निर्देशन दिएको छु, यस पटक मधेशमा नयाँ हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?