
१८ चैत, काठमाडौं । राजस्व छलीका ३५ थान मोबाइलसहित १ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–२ घर भइ ललितपुरको बालकुमारी बस्ने २२ वर्षीय सरोज योन्जन छन् ।
बालकुमारी क्षेत्रमा भन्सार छलेर ल्याइएका विभिन्न कम्पनीका मोबाइलहरु बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
योन्जनले सञ्चालन गरेको ट्रेन्डिङ मोबाइल हबबाट करिब १५ लाख रुपैयाँ बराबरका मोबाइलहरु बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले बताए ।
प्रहरीले उनको पसलबाट भन्सार छलीका विभिन्न कम्पनीका ३५ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका योन्जनमाथि थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4