
१९ चैत, काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी सहित १४ जनालाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो ।
रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै उनीहरुले सिंहदरको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए ।
युद्धमा घाइते नेपालीको उचित उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था, मृतकका परिवार क्षतिपूर्तिसहित रुसी सेनाबाट पाउने तलब, भत्ताका लागि सहजीकरणको माग उनीहरूले गरेका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4