+
+

प्रस्तावित महालेखा परीक्षकविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते ११:२४

१९ चैत, काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान भएको छ ।

सोमबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो । समितिको निर्णय अनुसार १० दिनभित्र जो कोही नेपाली नागरिकले उजुरी दिन सक्नेछन् ।

आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । संवैधानिक परिषदले सिफारिस गरेलगत्तै उनको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको हो ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?