+
+

‘एक्लो’बाट फिल्ममा डेब्यु गर्दै ‘बुगी उगी’ फेम्ड डान्सर कविता नेपाली

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १२:५८

काठमाडौं । प्रदीप खड्का स्टारर आगामी फिल्म ‘एक्लो’बाट डान्सर कविता नेपालीले फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । केही दिनअघि निर्मातासँग उनको लिखित सहमति भएको छ ।

फिल्मको शीर्षमध्येको भूमिकामा उनले अभिनय गर्न लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । नृत्यमा आधारित फ्रेन्चाइज टिभी रियालिटी शो ‘बुगी उगी’की विजेता समेत रहेकी कविता पछिल्लो समय नेपाली म्युजिक भिडियोमा व्यस्त छिन् ।

यो फिल्ममा विजय लामा, बेनिशा हमाल, सुनिल थापा, एवनराज उप्रेतीलगायतले पनि अभिनय गर्ने जनाइएको छ । साइन्स फिक्सन जनरामा आधारित रहेर बनाउने भनिएको यो फिल्ममा प्रदीप सुरुमै जोडिएका थिए । भदौदेखि छायांकन सुरु हुने तयारीमा रहेको फिल्म महामारी सिर्जना गर्ने एक भाइरसको कथावस्तुमा बन्न लागेको बताइएको छ ।

पछिल्लो समय चरित्रप्रधान फिल्ममा काम गरिरहेका प्रदीपले अभिनय करिअरमा यो फिल्म उल्लेख्य हुने बताएका छन् । निर्देशक शाहीको पछिल्लो फिल्म ‘अन्तिम संस्कार’ केही समयअघि रिलिज भएको थियो । शाही प्रोडक्सन ब्यानरमा फिल्म बन्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?