+
+

अनुगमन तथा मूल्याङ्कन विधेयक प्रमाणीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १४:०५

१९ चैत, काठमाडौं । अनुगमन तथा मूल्याङ्कन विधेयक प्रमाणीकरण भएको छ । सभामुख देवराज घिमिरेले सोमबार संसदलाई जानकारी गराए अनुसार यही चैत १६ गते राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन् ।

विकास नीति तथा योजनाको कार्यान्वयनमा उत्तरदायित्व र जवाफदेहीता प्रवर्द्धन गरी लागत प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल फागुन २८ गते यो विधेयक ल्याएका थिए ।

२०७६ सालमा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २०७९ साल माघ २३ गते पारित भएर प्रतिनिधि सभामा पुगेको थियो । प्रतिनिधि सभाबाट २०८० साल फागुन १८ गते पारित भएको विधेयकलाई राष्ट्रिय सभाले ७ चैतमा पुनः पारित गरेको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले प्रमाणित गरेर पठाएको विधेयक राष्ट्रपतिले यही चैत १६ गते प्रमणीकरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?