
२१ चैत, काठमाडौं । कोशी प्रदेशका १४ जना उत्कृष्ट महिला उद्यमलाई पुरस्कृत गरिने भएको छ ।
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै महिला उद्यमी तथा लघु उद्यमीबाट निवेदन माग गरेको छ ।
प्रदेश उत्कृष्ट महिला उद्यमी/महिला उद्यमी पुरस्कार वितरण कार्यविधि २०८० अनुसार १५ दिन भित्र निवेदन दिन समेत मन्त्रालयले आह्वान गरेको छ ।
निवेदनको साथमा नागरिकतासँगै उद्योग दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र, करचुक्ता तथा लेखा परीक्षण प्रमाणपत्र समेत आवश्यक हुने उल्लेख छ ।
निवेदनको ढाँचा मन्त्राललयको वेबसाइटबाट डाउनलोड गर्न सकिने समेत सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4