
काठमाडौं । टेलिशृंखला ‘रिटायर हल्दार’को दोस्रो सिजन वैशाखदेखि प्रसारण हुने भएको छ । आशिष घिमिरेको डेब्यु निर्देशन रहेको शृंखलाले सामाजिक विकृतिमाथि व्यंग्य गर्छ । घिमिरे लोकप्रिय हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’का छोरा हुन् ।
नेपाल टेलिभिजन, मी टिभीमा प्रसारण र माउन्ट एभरेस्ट डिजिटल युट्युबमा स्ट्रिमिङ हुने यो सोसल-कमेडी शृंखलामा श्रीप्रसाद थापा, निर्मल शर्मा, प्रिया रिजाल, रश्मी भट्ट, भूमिका गिरी, केशव सापकोटालगायतका कलाकारको अभिनय रहनेछ ।
शृंखलाको कथा श्रीप्रसाद थापाले लेखेका हुन् । ‘रिटायर हल्दार’मा सागर खड्काको छायांकन, सौखिन तिमल्सिनाको सम्पादन र विनोद खम्बूको संगीत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4