+
+

प्रधानमन्त्रीलाई रघुजी पन्तको आग्रह : दल निकट ट्रेड युनियन नराख्ने हिम्मत गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १६:११

२१ चैत, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले कर्मचारीमा एउटा ट्रेड युनियन भए पुग्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिंदै उनले एकभन्दा बढी र राजनीतिक दल निकटका कर्मचारी ट्रेड युनियन आवश्यक नरहेको बताए । यसोभन्दा आफ्नो पार्टी निकटका कर्मचारीहरुले गाली गर्न सक्ने उल्लेख गर्दै उनले गाली खान तयार भएर यस विषयमा बोल्न आवश्यक रहेको बताए ।

दल निकटका ट्रेड युनियन हटाउन कुनै एउटा राजनीतिक दलले चाहेर नहुने उल्लेख गर्दै उनले प्रधानमन्त्रीको पहलकदमी आवश्यक रहेको बताए ।

‘दल पिच्छेको ट्रेड युनियन हटाउन प्रधानमन्त्रीले पहल लिनुपर्यो । नेता त्यो हो जसले राष्ट्रको हित हेर्छ । यो आँट कुनै दल एमाले, कांग्रेस, माओवादीले गरेर वा चाहेर हुँदैन । प्रधानमन्त्रीले पहल गर्नुपर्छ’ एमाले सांसद पन्तले भने ।

दल पिच्छेका ट्रेड युनियन हटाएर एउटा ट्रेड युनियन राखे हुने उल्लेख गर्दै उनले हिम्मत गरेर पहल लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?