+
+

एएनटीएफको दोस्रो सिजन सुरु, ‘इण्डियाज् बेस्ट डान्सर’का विजेता समर्पण पनि जोडिए

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १७:४२
एएनटीएफको मञ्चमा प्रस्तुति दिंदै र्‍यापर

काठमाडौं । नेपाली हिपहप तथा र्‍याप गायन प्रतिस्पर्धा एएनटीएफको दोस्रो सिजन सुरु भएको छ । ५२ जना नयाँ ट्यालेन्टले यो संस्करणमा प्रतिस्पर्धा गरिरहेका छन् ।

‘हुडबाजी सिजन २’ नाम दिइएको पछिल्लो प्रतिस्पर्धाको पुरस्कार राशि बढाएर दुई लाख रुपैयाँ पुर्‍याइएको छ । अका फायर, सन्दीप जेम्स, जी-बब, माइला, सिरुपाते, कोइन जी जस्ता नयाँ ट्यालेन्टले अघिल्लो सिजनमा चर्चा बटुले ।

जी-बबसँग जोडिएका घटनाक्रमले एएनटीएफ प्लाटफर्म पनि चर्चामा आयो । दोस्रो सिजन सात राउण्डसम्म चल्नेछ र दुईजना फिमेल र्‍यापरले प्रतिस्पर्धा गर्दैछन् ।

ज्याम र्‍याप ब्याटल सकिएसँगै एएनटीएफ दोस्रो सिजनमा होमिएको हो । दोस्रो सिजनमा हाकिम गुरुङ, लेजी बोइ, मानस घले जजको रुपमा छन् । स्मोकीले होस्ट गरिरहेका छन् । पहिलो सुगर राउण्ड सकिएपछि अहिले दोस्रो चरणको छायांकन भइरहेको छ ।

दर्शकले आगामी सातादेखि युट्युबमा दोस्रो सिजनका भिडियो हेर्न पाउने जजमध्येका एक हाकिम गुरुङले बताए ।

रोचक कुरा के छ भने भारतको चर्चित टेलिभिजन रियालिटी शो ‘इण्डियाज बेस्ट डान्सर सिजन ३’ का विजेता समर्पण लामा पनि अतिथि कलाकारको रुपमा एएनटीएफ जोडिएका छन् । अनलाइनखबरलाई प्राप्त तस्वीरमा जजसँगै उनलाई पनि देख्न सकिन्छ ।

समर्पण लामा (बायाँ)देखि हाकिम गुरुङलगायत

‘उहाँ नयाँ ट्यालेन्टलाई हौसला दिन हामीसँग जोडिनुभएको हो । उहाँ एएनटीएफको फ्यान पनि हो । केही पर्फमेन्स पनि दिने तयारी छ,’ समर्पणको भूमिकाबारे जज गुरुङले भने ।

चितवनको रत्ननगर नगरपालिका–१३ भीमबहादुर चोक निवासी लामाले गत महिना सोनी च्यानलबाट प्रसारित नृत्य प्रतिस्पर्धाको उपाधि जितेका थिए । यसैबीच, एएनटीएफले सन् २०२४ भित्रै म्युजिक बिनाको र्‍याप ब्याटल पनि आयोजना गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?