+
+

एनआरएनए प्रतिनिधिले श्रममन्त्रीसँग भने : मुलुक भित्रै रोजगारी बढाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १३:४३

२१ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)  प्रतिनिधिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग मुलुक भित्रै रोजगारी बढाउन सुझाव दिएका छन् ।

बुधबार मन्त्रालयमा भएको भेटमा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन र मुलुक भित्रै रोजगारी सिर्जना गर्न संघको संयन्त्र सदुपयोग गर्न आग्रह गरिएको हो ।

एनआरएनए प्रतिनिधिले हाल कुवेतले गैरकानुनी बस्दै आएका आप्रवासी श्रमिकलाई आममाफी दिएको जानकारी दिए । कुवेतमा गैरकानुनी बस्दै आएका नेपाली श्रमिकलाई नेपाल फर्कन सहजीकरण गर्न एनआरएनएले आग्रह गरेको छ ।

श्रमिक कल्याणकारी कोषको उचित सदुपयोग गर्न, श्रम मन्त्रालयको नीति निर्माण क्रममा एनआरएनएलाई पनि समावेश गराउन, इराकमा श्रम स्वीकृति खुला गर्न, औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई इन्सेन्टिभ व्यवस्थाको पहल गरिदिन एनआरएनएको आग्रह छ ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, सात प्रदेशमा भोकेसनल तालिम केन्द्र सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा मन्त्रालयसँग समन्वय गर्न एनआरएनए तयार रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?