+

बायर लेभरकुजन जर्मन कपको फाइनलमा

२०८० चैत  २२ गते ८:०९ २०८० चैत २२ गते ८:०९
बायर लेभरकुजन जर्मन कपको फाइनलमा

२२ चैत, काठमाडौं । बायर लेभरकुजन जर्मन कपको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो श्रेणीको क्लब फर्चुना डुसेलडर्फलाई सेमिफाइनलमा ४-० ले पराजित गर्दै लेभरकुजनले काइजरलाटनलसँग फाइनल भेट पक्का गरेको हो ।

लेभरकुजनका लागि जेरेमी फ्रिपोर्ङले सातौं र अमिन अदिलले २०औं मिनेटमा गोल गर्दै २-० को अग्रता दिलाए ।

त्यसपछि फ्लोरिन विट्जले ३६औं र ६०औं मिनेटमा गोल गरे । उनले दोस्रो गोल पेनाल्टीबाट गरेका थिए ।

लेभरकुजनले अहिलेसम्म एक पटक मात्र जर्मन कपको उपाधि जितेको छ । सन् १९९३ मा जितेको जर्मन कप नै लेभरकुजनले जितेको अन्तिम ट्रफी समेत हो ।

जावी अलोन्सोको लेभरपुल यस सिजन अपराजित छ र तीन ट्रफी जित्ने अभियानमा छ ।

जर्मन बुण्डेसलिगामा लेभरकुजले बायर्न म्युनिखमाथि १३ अंकको अग्रता बनाउँदै उपाधिको नजिक पुगेको छ । जर्मन कपको फाइनल पुगिसकेको लेभरकुजनले युरोपा लिग क्वाटरफाइनलमा वेष्टहमसँग खेल्नेछ ।

लेभरकुजन पछिल्लो पटक २०२० मा जर्मन कपको फाइनल पुग्दा बायर्न म्युनिखसँग ४-२ ले पराजित भएको थियो ।

यस सिजन जर्मन कपको फाइनल २५ मे मा बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।

जर्मन कप बायर लेभरकुजन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय