
२२ चैत, काठमाडौं । अघिल्लो दिन प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको सुन बिहीबार पनि १ हजारले बढेको छ । बिहीबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बजारमा सुनको मूल्यमा एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ ।
यसअघि आइतबार १ लाख ३० हजारमा कारोबार भएको सुन सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा कारोबार भएको थियो भने बुधबार १ लाख ३३ हजार पुगेको थियो ।
सुनको मात्रै नभइ चाँदीको पनि मूल्य बढ्दै गएको छ । बुधबार तोलाको १ हजार ६१० मा कारोबार भएको चाँदी बिहीबार १ हजार ६५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य बढ्दै गएपछि नेपाली बजारमा असर परिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4