+
+

कांग्रेसले टुंग्यायो उम्मेदवार : इलाम २ मा डम्बर खड्का, बझाङमा अभिषेक सिंह

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १३:१२

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसले इलाम–२  डम्बर खड्कालाई उम्मेदवार बनाएको छ ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए ।

खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

यसअघि बुधबार बसेको संसदीय बोर्डको बैठकमा सभापति देउवाले इलाम २ मा खड्का र बझाङ प्रदेशसभा १ मा सिंहको नाम प्रस्ताव गरेका थिए । ‘सभापतिज्यूले हिजो जे प्रस्ताव गर्नुभएको थियो आज त्यही निर्णय भयो’, बैठकमा सहभागी ती नेताले भने ।

संसदीय बोर्डको निर्णयलाई बिहीबार नै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?