+
+

डा. पशुपति चौधरी रामराजा सिंह स्वास्थ्य प्रतिष्ठान पूर्वाधार समिति अध्यक्षमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १५:५२

२२ चैत, काठमाडौं । रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. पशुपति चौधरी नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले समितिको सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई पनि नियुक्त गरेको छ ।

सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्यमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । बैठकले श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोक्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?