+
+

माई सेकेन्ड टिचर र  एसपीएबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १७:१९

काठमाडौं । अग्रणी अनलाइन शिक्षा प्रदायक माई सेकेन्ड टिचर र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) बीच सम्झौता भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका लागि पाठ्यक्रम सहयोग गर्न एसपीएसँग सम्झौता भएको माई सेकेन्डले जनाएको छ ।

२१ चैतमा एसपीए कलेजलाई नेपालको पहिलो सुदूरपश्चिम माई सेकेन्ड टिचर नेपाल स्मार्ट स्कूलको रूपमा तोक्दै सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

विद्यार्थीका लागि सिकाइ अनुभव बढाउन माई सेकेन्ड टिचरसँग साझेदारी गर्न पाउँदा आफूहरू उत्साहित भएको एसपीए कलेजका प्रधानाध्यापक सुवास शाहीले बताए ।

राष्ट्रिय परीक्षा बोर्ड पाठ्यक्रमसँग पङ्क्तिबद्ध शैक्षिक सामग्रीहरूको बृहत् संग्रहले विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टता हासिल गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

‘विद्यार्थीलाई उनीहरूकै पूर्ण क्षमतामा पुग्न र शैक्षिक रूपमा फस्टाउन आवश्यक शैक्षिक समग्री र उपकरणहरू प्रदान गर्ने आशा गर्दछौं,’ आईएनजीका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?