+
+

काठमाडौंमा कजरिया टायलको ‘एक्सपेरियन्स सेन्टर’ उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १८:०१

काठमाडौं । भारतीय नम्बर वान टायल कम्पनी कजरिया टायलले काठमाडौंमा पहिलो पटक ‘एक्सपेरियन्स सेन्टर’ (शोरुम) सञ्चालनमा ल्याएको छ । कजरिया टायल कम्पनी भारतमा ३५ वर्ष लामो विरासत बोकेको कम्पनी हो ।

नवप्रवर्तनप्रति ब्रान्डको समर्पण देखाउँदै कजरिया रमेश टायल्सका निर्देशक प्रतीक जलानले एक्सपेरियन्स सेन्टरको उद्घाटन गरेका हुन्।

यस शोरुमले आवासीय र व्यावसायिक स्थानका लागि डिजाइन, रङ र टायलहरूको विविधता प्रदान गर्दै ग्राहकहरूलाई रमाइलो अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार एउटै छानामुनि ग्राहकहरूले आठ सिरिज र २० भन्दा बढी ‘लाइभ मकअप’ बाथरूमको अवलोकन गर्नसक्ने व्यवस्था गरिएको छ ।

कजारिया टायलले अत्याधुनिक प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतासहित ‘द स्टेट अफ द आर्ट कन्टिनुवा टेक्नोलोजी’ प्रयोग गर्दै नयाँ बेन्चमार्कका साथै सटिक, स्थायित्व र सुन्दर ठूला टायल स्ल्याबहरू उत्पादन गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसबाहेक, कजारिया टायलले आफ्नो उत्पादन प्रक्रियाहरूमा पर्यावरण-मैत्री अभ्यासहरूलाई प्राथमिकता दिएको छ । उच्च स्तरका उत्पादनहरू वितरण गर्दा वातावरणीय प्रभावलाई कम गर्ने प्रयास गर्दछ । प्रत्येक टायलले खाली ठाउँमा सुन्दरता मात्र थप्दैन तर कम्पनीको वातावरणीय जिम्मेवारीप्रतिको समर्पणलाई पनि झल्काउने कम्पनीको भनाइ छ ।

यसैबीच कजरिया रमेश टायल लिमिटेडले एक संयुक्त उद्यम कम्पनीले नेपालमा उच्च गुणस्तरको टायल र सिरेमिक उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

निर्माण तीव्र गतिमा अघि बढ्दै गर्दा कम्पनीले नवलपरासीमा जुन २०२४ देखि कारखाना पूर्ण रूपमा सञ्चालनमा ल्याउने बताएको छ । यो रणनीतिक कदमले नेपालको टायल र सिरेमिक उद्योगलाई आकार दिन, देशको उन्नति र समृद्धिमा योगदान पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कजरिया रमेश टायलले गरेको छ ।

आधुनिक उपकरणहरू प्रयोग गरेर र अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दै प्रिमियम टायलिङ समाधान खोज्ने ग्राहकहरूलाई सहज अनुभव सुनिश्चित गर्दै नेपाली बजारमा गुणस्तरीय र किफायतीताको नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?