+
+

राजीनामा दिंदै सुदूरपश्चिमका मुख्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १८:१२

२२ चैत, धनगढी । विश्वासको मत नपाउने देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर आजै राजीनामा दिने उनको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियोे । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो । बैठक अझै सुरू भएको छैन ।

कांग्रेसका १८ सहित नागरिक उनमुक्ति पार्टी (नाउपा)का ७, राप्रपा र स्वतन्त्र सांसदले मत दिए मात्र शाहलाई बहुमत पुग्छ । तर नाउपाको विवादले सांसद नै नआउने भएपछि शाहले विश्वासको मत पाउने सम्भावना नदेखेर राजीनामा दिन लागेका हुन् ।

 स्वतन्त्र सांसद डा. तारा जोशीले विश्वासको मत नदिने निर्णय सार्वजनिक गरिसकेका छन् ।

केन्द्र सरकारको नेतृत्व गरिरहेको माओवादीले गठबन्धन फेरेसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको थियो । प्रदेश सभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । नाउपा (७), राप्रपा (१) र स्वतन्त्र सांसद (१) लाई मिलाएर सरकार जोगाउने उनको प्रयास थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?