
२३ चैत, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार भने घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन तोलाको १ लाख ३४ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३२ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६१५ रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4