
२३ चैत, काठमाडौं । ‘बिहे एप’ बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–४ छिटाहा घर भएका २३ वर्षीय महेशकुमार मेहता छन् । उनलाई प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरेको हो ।
बिहे गर्ने भन्दै उनले महिलाहरूबाट २ लाख ४८ हजार रुपैयाँ ठगी गरेको पाइएको छ । ठगीको रकम अझै बढी हुन सक्ने प्रहरीले जनाएको छ । उनले ‘बिहे एप’मार्फत आफू जर्मनीको नागरिक भएको बताउँदै बिहे गर्ने प्रलोभन देखाएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4