+
+

झलनाथको दाबी : इलाम-२ मा एकीकृत समाजवादीले जित्छ, धेरै चकित हुनेछन्

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २४ गते १५:३१

२४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।

‘हाम्रो उम्मेदवारी फिर्ता हुँदैन । नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ,’ शनिबार इलाममा पत्रकारहरुसँग उनले भने, ‘इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ । हामीले त्यत्तिकै उठाएका छैनौं, उहाँसँग योग्यता पनि छ । धेरै चकित हुनेछन् ।’

आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने दाबी गर्दै उनले अरु पार्टीलाई समेत एकीकृत समाजवादीलाई सहयोग गर्न आग्रह गरे ।

अर्को प्रसंगमा उनले पछिल्लो सत्ता गठबन्धनका नेताहरुले बुद्धि पु¥याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प नरहेको बताए ।

उनले अहिले विचार मिल्नेहरुको बीचमा सत्ता सहकार्य भएकाले लामो समय टिक्नेसमेत दाबी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?