२५ चैत, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईफाड) बाट ७०.९३ मिलियन अमेरिकी डलर (करिब ९ अर्ब ४५ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ ।
२२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले रेसिलेन्ट हाइ भ्यालू एग्रिकल्चर प्रोग्राम कार्यान्वयन गर्न आईफाडबाट सहूलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा यस्तो टोली गठन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4