+
+

राप्रपाको जुलुसमा प्रहरीले हान्यो पानीको फोहोरा (तस्वीरहरू)

शंकर गिरी शंकर गिरी
२०८० चैत २७ गते १३:४७

२७ चैत, काठमाडौं । राप्रपाको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।

पानीको फोहोरामा राप्रपाका सांसद ज्ञानेन्द्र शाही पनि परेका छन् ।

प्रहरीले बल प्रयोग गरेपछि राप्रपाको प्रदर्शन तितरबितर भएको छ । यद्यपि प्रहरी र प्रदर्शनकारीबीच ढुंगा र इँटा हानाहान भएको छ । केहीलाई प्रहरीले लाठी प्रहार गरेको छ ।

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गरेको हो । यसलाई राप्रपाको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ । त्यसैले राप्रपाले आजको प्रदर्शनलाई ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मुख्य नारा दिएको छ ।

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?