एजेन्सी । तीव्र गतिका बलर मोहम्मद आमिर पाकिस्तान क्रिकेट टोलीमा फर्किएका छन् ।
घरेलु टोली पाकिस्तानले न्युजिल्यान्डविरुद्ध खेल्ने पाँच टी२० आई सिरिजको लागि टोली घोषणा गरेको छ । घोषणा टोलीमा उस्मान खान र इफरान खान पहिलो पटक पाकिस्तानको टोलीमा परेका हुन् ।
त्यस्तै मोहम्मद आमिर र इमाद वासिम सन्न्यास फिर्ता लिदै टोलीमा फर्किएका छन् । बायाँ हाते तीव्र गतिका बलर मोहम्मद आमिरले २०२० अगष्टमा अन्तिम पटक पाकिस्तानबाट खेलेका थिए । स्पिन अलराउन्डर इमाद वासिम २०२३ पछि फर्किएका हुन् ।
त्यस्तै २८ वर्षीय उस्मानले गतवर्ष पिएसएलमा क्वेटा ग्ल्याडियटर्सविरुद्ध ३६ बलमै शतक हानेका थिए । यस सिरिजमा लगातार दुई शतक र ९६ रनको इनिङ खेलेपछि टोलीमा स्थान बनाएका हुन् । ७ इनिङमा उनले समान दुई शतक र अर्धशतकसहित कुल ४३० रन बनाएका थिए । उस्मानले पछिल्लो समय युएईबाट खेल्न खोजेपनि पीएसएलमा सानदार प्रदर्शन गरेपछि पाकिस्तानको टोलीमै पहिलो पटक परेका हुन् ।
इफरान खान मध्यक्रमका ब्याटर हुन् । पाकिस्तान र न्युजिल्यान्डबीचको खेल १८ अप्रिलदेखि २७ अप्रिल सम्म चल्नेछ । सुरुवाती तीन खेल रावलपिंडी र त्यसपछिका दुई खेल लाहोरमा हुनेछन् ।
पाकिस्तानको टोली :
बाबर आजम (कप्तान), अब्रार अहमद, आजम खान, फखार जमान, इफ्तिखार अहमद, इमाद वासिम, अब्बास अफ्रिदी, मोहम्मद रिजवान, मोहम्मद आमिर, इफरान खान, नसिम शाह, सैम अयुब, सादब खान, शाहिन शाह अफ्रिदी, उस्मा मिर, उस्मान खान र जमान खान ।
प्रतिक्रिया 4