
२७ चैत, काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइन सहित ललितपुरको इमाडोलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ घर भएका ३५ वर्षीय मनोज राई र काभ्रेको पाँचखाल नगरपालिका–९ घर भएका ३० वर्षीय रवीन्द्र श्रेष्ठ छन् ।
उनीहरुलाई अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार पक्राउ गरेको हो ।
लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ४१ ग्राम लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट १ थान तराजु र ४३ हजार रुपैयाँ नगद समेत बरामद भएको छ ।
पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4