+
+
एपीएफ आगलागी घटना :

भण्डारण शाखाका ७ सुरक्षाकर्मीलाई झिकाएर सोधपुछ

बाहिनी र अस्पतालको सुरक्षामा खटिएका १३ जना पनि हेडक्वाटर तानिए

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १७:२०

२८ चैत, काठमाडौं । सोमबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रिय स्टोरमा भएको आगलागी घटनाबारे छानविन गर्न भण्डारण शाखा ७ कर्मचारीलाई झिकाएर सोधपुछ सुरु गरिएको छ ।

आगलागीको घटनापछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा बनेको ९ सदस्यीय छानविन समितिले भण्डारण शाखाका एसपीसहित ७ जनासँग सोधपुछ सुरु गरेको हो ।

यसैगरी नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका र त्यस दिनको ड्युटीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मेनगेटमा खटिएका २ जनालाई समेत सोधपुछका लागि सशस्त्र मुख्यालय मुख्यालय झिकाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?